Cybernetics Pvt. Ltd.

  • Since 1999
  • Leading you to the world of technology

NT Bus Internet Service

 

 
 
नेपाल टेलिकमको बस इन्टरनेट (NT BUS INTERNET) ले सवारी साधनमा यात्रा गर्दा कुनै पनि पोर्टेबल WiFi-built-in
डिभाइसहरु जस्तै स्मार्टफोन,ट्याब्लेट, ल्याप्टप,इत्यादिलाई WiFi सित Connect गर्दछ । यो बस, मिनी बस, माइक्रो बस र साथै ठूला टुरिष्ट बसहरुमा प्रयोग गर्न सकिन्छ । यो डिभाइस बसभित्र सहजै राख्न सकिन्छ र प्रयोग गर्नलाई Power Supply सित Connect गर्नुपर्छ । यसको wireless connection अरु राउटर जस्तै हुन्छ र यात्रुहरुले इन्टरनेटमा वेब ब्राउजिङ गर्नका साथै भाइबर, फेसबुक जस्ता apps पनि चलाउन सक्नुहुनेछ ।यसमा  local media storage को सुविधा छ । यसले गर्दा offline मा  फिल्म, भिडियोहरु हेर्ने, गीतहरु सुन्ने अनि Games र Apps download गर्ने सुविधा दिन्छ । यी सुविधाहरु तत्काल तथा इन्टरनेट connection नै विना सम्पन्न हुन्छ। यसमा विज्ञापन पनि राख्न सकिन्छ ।
यसमा भएको GPS को सुविधाले बसको तत्कालको स्थान देखाउँछ जुन बसको उचित व्यवस्थापन र ट्रर्यिकङको लागि उपयोग गर्न सकिन्छ । साथै, यसमा remote access को सुविधा छ जसले बसलाई support गर्न,maintain गर्न र व्यवस्थापन गर्न मद्दत गर्दछ।
 
 

प्रमुख सुविधाहरु :

  • सवारी साधनमा इन्टरनेट चलाउन सक्नुहुनेछ ।
  • यात्रुहरुले आफ्नो डिभाइसमा Offline चलचित्र या भिडियो स्ट्रिमिङ गर्न सक्नुहुनेछ ।Games, Apps र मनोरञ्जनका विविध सेवाहरू पनि Offline Download गर्न सक्नुहुनेछ ।
  • GPS Locator को सुविधा लिन सक्नुहुनेछ ।
  • यसमा 8GB को built-in memory card हुन्छ र चाहे अनुसार यसको Contents (फिल्म, गीतहरु) राख्न सक्नुहुनेछ।
  • Remote monitoring र मर्मतको सुविधा लिन सक्नुहुनेछ ।

               

 
 
 
सम्बन्धित प्रश्नहरु :

 

१) यो डिभाइस सबै स्थानमा चल्छ ?

  • यो देशका प्रमुख राजमार्गहरुमा र दुर्गम क्षेत्रहरुमा जहाँ नेपाल टेलिकमको सिग्नल छ, ती सबै ठाँउहरुमा चल्छ ।

 

२) Wimax र नेपाल टेलिकमको बस इन्टरनेटमा के फरक छ ?

  • यो Wimax प्रविधिभन्दा फरक छ । यो CDMA Technolaogy मा आधारित छ र तसर्थ यसमा अझ बढी राम्रो Network Coverage र Connectivity हुन्छ। Wimax ODU लाई Router पनि आवश्यक पर्छ तर यस डिभाइलमा केवल एउटा डिभाइस (राउटर) मात्र आवश्यक हुन्छ ।

 

३) यो डिभाइस कहाँ र कसरी किन्न सकिन्छ ?             

  • यो डिभाइस खरिद गर्न एउटा पासपोर्ट साइजको फोटो र नागरिकताको प्रतिलिपि ल्याउनुपर्नेछ र एउटा फारम भर्नु पर्नेछ ।
  • तपाईं निम्न स्थानहरुको नेपाल टेलिकमको counter काउन्टरहरु  मा गएर खरिद गर्न सक्नुहुनेछ :

सुन्धारा, गंगबु, जावलाखेल, पुल्चोक, छाउनी, चाबहिल, बबरमहल ।

वा

नेपाल टेलिकमको Sales and service point  हरु गंगबु बसपार्क, कलंकी

वा

सम्पर्क टेलिफोन : 9741475999/8 मा सम्पर्क गरी खरिद गर्न सक्नुहुनेछ ।

 

४) यस डिभाइसमा After Sales Service छ कि छैन र कसरी प्राप्त गर्न सकिन्छ ?

  • यस डिभाइसमा १ वर्षको वारेन्टी प्रदान गरिएको छ । तसर्थ, हामी एक वर्षसम्म यो डिभाइस mishandling को कारण Physical damage छैन भने कुनै पनि manufacturing defect  देखिएमा निःशुल्क सेवा प्रदान गर्दछौं । कुनै पनि After Sales Service को लागि हाम्रो Hotline no. 9840408888 मा सम्पर्क गर्नसक्नु हुनेछ । हामीले After Sales Service को लागि Annual Maintenance Contract (AMC) को सुविधा प्रदान गरेका छौं जस वापत् हरेक महिना मुभिज, गीतहरु, गेम्स र ऐप्सहरु Update गर्दछौं ।

 

 

५) यसको मर्मतमा कति समय लाग्छ ? यसको जयतष्लिभ नं छ ?

  • हाम्रो सेवा केन्द्रले तुरुन्तै सेवा दिन्छ । हामीले सपोर्ट सेवा बिहान १० :०० बजे देखि बेलुका ६:०० बजे सम्म आइतबार देखि शुक्रबारसम्म प्रदान गर्दछौं । हाम्रो Hotline no. 9840408888 हो ।

 

६) यो डिभाइसको मूल्य कति हो ?

  • यो डिभाइसको मूल्य इन्टरनेटमात्र लिनु भयो भने रु १९,००० +VAT हो । (Power socket, केबल, इत्यादिको installation शुल्क पर्छ) । हामीले RUIM Card र यसमा 10GB  डाटा सित्तैमा प्रदान गर्दछौं ।
  • GPS र Multimedia Service जस्ता सेवा सुविधाहरुको थप शुल्क लाग्छ ।

 

७) मासिक खर्च र डाटा आवश्यकता कति हुनेछ ?

  • हामीसित 10GB, 20GB र 30 GB का  डाटा प्याकेजहरु छन् । बसको लागि 30GB  को डाटा प्याकेज उपयुक्त हुन्छ ।
  • अरु खर्च GPS र Multimedia serviceजस्ता सेवाहरुमा निर्भर हुन्छ ।


 

Supports & Inqueries
Continue
News
slide 3
  • Partnership with Nepal Telecom
  • Our Upcoming Products
  • Launched NT Bus Internet
Read more

Business Associate